NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

अमेरिकाको क्यालिफोर्नियामा कार दुर्घटनामा परेर एक नेपालीको निधन !

nepaltube

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा सवारी दुर्घटनामा परेर एक नेपालीको निधन भएको छ । क्यालिफोर्निया राजमार्ग प्रहरीले क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा रातो बत्तीमा बसी रहेको समयमा अर्को गाडीले ठक्कर दिएर भएको दुर्घटनामा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको हो ।

घटनास्थलमै विष्टको निधन भएको र दुर्घटना गराउने अर्का चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते २५ वर्षीय चालकको युसि डेविस मेडिकल सेन्टर (चिकित्सा केन्द्र) मा उपचार भैरहेको छ । प्रज्वल वरिष्ठ गायक ओम विक्रम विष्टका आफन्त हुन । बिहीबार अप्रिल १४ का दिन राती ११ बजे उक्त दुर्घटना भएको थियो ।

मृतककी आमा (मुना विष्ट) हाल नेपालमा हुनुहुन्छ भने बुबा अनन्त विक्रम विष्ट १५ वर्षदेखि अमेरिकामै बसोबास गरिएको गायक विष्टले जानकारी दिनुभएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार