NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

आर्मी ब्यारेकमा गोलीचल्यो, घाइते महिला सैनिकको उपचार हुँदै !

nepaltube

काठमाडौं । कपिलवस्तुस्थित बुद्धमूमि नगरपालिका गोरुसिङ्गेमा रहेको समसेर दल गण भित्र गोली चल्दा एक महिला शैनिक घाइते हुनुभएको छ । बुधबार साँझ ७ बजे भएको गोली प्रहारबाट एक महिला सिपाही घाइते भएको प्रहरीले जानकारी दिएको हो ।

घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको बताइएको छ । घटना के कसरी घट्यो भन्नेबारे प्रहरीले कुनै तथ्य सार्वजनिक गरेको छैन । प्रहरीले घटनाको विषयमा पछि जानकारी दिने बताएको छ । ब्यारेक भित्र भएको गोली काण्ड बारे धेरैले चासो राखेपनि यसबारे नेपाली सेना, नेपाल प्रहरी कसैले मुख खोलेका छैनन ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार