NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

काठमाडौं महानगरको मेयरमा बालेन साह (स्वतन्त्र) र उपमेयरमा सुनिता डंगोल (एमाले) विजयी

nepaltube

काठमाडौं । देशकै जेठो काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह ९बालेन० निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित बन्दा साहका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याउनुभयो । तेस्रो बन्नुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याउनुभएको छ ।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल भारी मतान्तर सहित विजयी हुनुभएको छ । डंगोलले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याउनुभएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार