NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

महंगिको मारमा नेपाली, पेट्रोलमा प्रतिलितर २१ र डिजेलमा २७ रुपैयाँ मूल्य वृद्धि

nepaltube

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य एकैपटक भारी मात्रामा बढाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलितर २१ रुपैयाँ र डिजेल तथा मटिट्लेतमा प्रतिलिटर २७ रुपैयाँ मूल्य वृद्धि गरिएको हो ।

नेपाल आयल निगमले एकैपटक यति धेरै प्रतिलिटर मूल्य वृद्धि गरेको यो नै पहिला पटक हो । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने पुरानै यथावत छ । अब आजबाट पेट्रोल भर्नेहरुले प्रतिलिटर १९९ रुपैयाँ, डिजल र मट्टितेल खरिद गर्नेहरुले प्रतिलिटर १९२ रुपैयाँ तिर्नुपर्नेछ । बारम्बार बढिरहेको पेट्रोलियम पदार्थको मूल्य बृद्धिको मार उपभोक्ताले योसंगै अन्य क्षेत्रमा समेत ब्यहोर्नुपरेको छ । यातायातका साधन प्रयोगमा भाडादर बढ्नेछ भने आयात महंगीदा उपभोग्य सामाग्रिको मूल्य पनि बढ्नेछ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको आधारमा मूल्य समायोजन गरिएको भनिएपनि नेपालमा विभिन्न शिर्षकमा जोडिने अतिरिक्त करका कारण समेत उपभोक्ताहरु महंगिको मारमा पर्दैआएका छन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार