NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख ठगी गर्ने युवती पक्राउ !

nepaltube

काठमाडौं । न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। प्रहरीले ठगिको अभियोगमा नुवाकोटको विदुर नगरपालिका–७ घर भएर बुढानिलकण्ठ बस्दै आएकी २७ वर्षीया दिया भनिने शोभा पौडेललाई पक्राउ गरेको हो ।

कृषि कम्पनीमा काम लगाइदिने र मासिक एक लाख ७० हजार रुपैयाँ कमाई हुने भन्दै युवाहरूलाई प्रलोभनमा पारेर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । न्युजिल्यान्ड जान प्रति व्यक्ति आवश्यक भनिएको १२ लाख ५० हजार रुपैयाँमध्ये आधाभन्दा बढी रकम हात पारेपछि युवती फरार भएकी थिइन । विदेश पठाइदिने भन्दै पैसा उठाउने युवती नै फरार भएपछि पीडित उजूरी बोकेर प्रहरीसम्म पुगेका थिए ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार