NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

प्रधानमन्त्री प्रचण्डले पुस २६ मा संसदबाट विश्वासको मत लिने

nepaltube

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी पुस २६ गते विश्वासको मत लिनुहुने भएको छ । प्रतिनिधि सभा संसद्का महासचिवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो ।

नेपालको संविधानको ६७ को उपधार (२) बमोजिम नियुक्त प्रधानमन्त्री प्रचण्डले संबैधानिक व्यवस्था बमोजिम नियुत्तिको तीस दिनसम्ममा विश्वासको मत लिनुपर्छ । नेकपा एमालेसहित ७ दलको समर्थनमा मोआवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । प्रतिनिधिसभामा विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री प्रचण्डसँगै सत्ता गठबन्धन दल देखिएका छन् ।

एक महिनापछि दल र स्वयम सांसदहरुको व्यवहार फेरिनसक्ने र यही परिवर्तित मानसिकताले सरकारले बहुमत गुमाउनसक्ने आँकलनसहित विश्वासको मतका लागि हतारो गरिएको विश्लेषण समेत हुन थालेको छ । यद्यपी ७ दल र तीन स्वतन्त्र सांसदसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन १ सय ७० सांसदले साथ दिएका छन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार