NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

तत्कालका लागि रवीको पद जोगियो, अर्को पेसी माघ ११ मा

nepaltube

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी प्रकरणमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले शुक्रबार प्रारम्भिक सुवुवाई गर्दै लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । संबैधानिक इजलासले यो सुनुवाइ कुनै पक्षको अनुरोधमा नरोकिने प्रष्ट पारेको छ । रविको उम्मेदवारीबारे निर्वाचन आयोगले गरेको निर्णयको सक्कल, रविले अध्यागमन विभागमा पेश गरेको कागजात र त्यसमा भएको कारबाही ७ दिनभित्र झिकाउन आदेश गरिएको  छ ।
रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको पुनः नागरिकता प्राप्ति नगरेकाले उनको सांसद पदसमेत खारेजीको माग गर्दै सर्वाेच्चमा रिट परेको थियो । सो रिटमाथि थप सुनुवाईका लागि माघ ११ गतेको पेशी तोकिएको छ । अन्तिम फैसला कस्तो आउला चासोका साथ हेरिएको छ ।
यस्तो छ फैसलाको पुर्ण पाठ :
शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार