पोखरा विमान दुर्घटना अपडेट : जहाजमा सवार ३० जनाको शव निकालियो
गम्भिर घाइते केहीको अस्पतालमा उपचार हुँदै !

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनामा परेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको शव फेला परिसकेको छ । दुर्घटनास्थलमा उद्धारको काम जारी रहेको छ ।
घाइते अवस्थाका केहीलाई उद्धार गरेर अस्पताल लगिएपनि गम्भिर रहेको बताइएको छ । चालक दलका चार जना सदस्य रहेको जहाज क्याप्टेन कमल केसीले उडाउनुभएको थियो । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको र निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारि दिनुभएको छ । जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको थियो ।
दुर्घटनामा भएको मानवीय क्षतिबारे केही खुलेको छैन ।वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले पनि विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् ।अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…








