NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

बैतडीमा जीप दुर्घटना, एउटै गाउँका ६ जनाको मृत्यु !

nepaltube

काठमाडौं । बैतडीमा गएराति साढे ११ बजे जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाले ज्यान गुमाएका छन् । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा भएको दुर्घटनामा परेर बझाङको केदारस्युँ गाउँपालिका–५ कै ६ जनाले ज्यान गुमाएका हुन ।

ज्यान गुमाउनेमा बाँझका ६० वर्षीय मने बोहरा, ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । चालकसहित १२ जना चढेको जीपमा रहेका अरु पाँच जनाले भने हाम फालेर ज्यान जोगाएका छन् ।

से१ज ७६४ नम्बरको जीपका चालक अहिले फरार रहेका छन् । बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले प्रारम्भिक आँकलनसहित थप अनुसन्धान गरिरहेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार