NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

सुनकोशी नदीबाट सरकारी गाडीसहित दुईवटा शव निकालियो, एक जना अझै बेपत्ता !

nepaltube

काठमाडौं । सुनकोशी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको गाडीसहित गाडीमै दुई वटा शव पानीबाट बाहिर निकालिएको छ । हराएको गाडी र शवको खोजी कार्यका लागि खटिएको सशस्त्र प्रहरीको गोताखोर टोलीले बीएबी ७४६७ नम्बरको स्कोर्पियो बाहिर निकालेको हो ।

सुनकोशी नदीमा खसेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी चढेको गाडीभित्र दुई जनाको शव मंगलबार भेटिएको बताइएको छ । जेठ १९ गते मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिकाको –७ लौकुनबाट जिप सुनकोशी नदीमा खस्दा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल वेपत्ता हुनुभएको थियो । गाडीमा भेटिएका दुईवटा शवमा निर्देशक केसी र विद्युत् प्राविधिक पौडेलको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारि दिएको छ । भुर्तेलको अवस्था अझै अज्ञात छ ।

भक्तपुरबाट खोटाङ जाने क्रममा जेठ १९ मा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जिप दुर्घटना भएको थियो । गाडीसहित तीनजना वेपत्ता हुँदा चालक भने पौडिएर ज्यान बचाउन सफल हुनुभएको थियो । निरन्तर खोजीमा खटिएको शसस्त्र प्रहरीको गोताखोर टोलीले पानीको बहाब घटाएर जिप र दुईवटा शव निकाले पनि थप एक जनाको खोजी भैरहेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार