NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

कर फर्छ्यौट आयोगका तत्कालिन पदाधिकारी शर्मासहित तीन जनालाई नौ वर्ष कैद

nepaltube

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ ।शर्मा र उमेशप्रसाद ढकाललाई ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिनाको कैद सजाय सुनाइएको हो ।

विशेष अदालतका अनुसार तीनै जनालाई जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो र जनही ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार यस्तो सजाय निर्धारण गरेको हो । यसअघिको सुनुवाइमा उनीहरूलाई दोषी ठहर गरिएको भएपनि सजाय तोकिएको थिएन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनै जनाविरुद्ध २०७४ सालमा राज्यलाई नोक्सान हुने गरी व्यापारीहरुलाई कर छुट दिएको दाबी गर्दै मुद्दा दायर गरेको थियो। दुई वर्ष अघि दायर अकुत आर्जनमा भने तीनै जनाले सफाइ पाएका थिए ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार