NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

फेसबुक माथि नै उजुरी : आरोप प्रमाणित भएमा मेटाले तिर्नुपर्छ लाखौं डलर जरिवाना !

nepaltube

काठमाडौं, एजेन्सी । सामाजिक सञ्जाल फेसबुकविरुद्ध अदालतमा उजुरी परेको छ । अभिभावकको स्वीकृतिबिना १३ वर्षमुनिका ११ लाख बालबालिकाको तथ्याङ्क संकलन गरेको आरोपमा फेसबुक सञ्चालक संस्था मेटा इन्कविरुद्ध अदालतमा उजुरी परेको हो ।

३३ अमेरिकी राज्यका महान्यायाधिवक्ताहरूको समूहले संघीय अदालतमा दायर गरेको मुद्दामा मेटाले सन् २०१९ देखि गोप्य रूपमा १३ वर्ष मुनिका बालबालिकाको डाटा संकलन गरिरहेको आरोप लगाइएको छ । यस अवधिमा मेटाले करिब ११ लाख बालबालिकाको स्थान, इमेल, च्याट, फोटो र अन्य जानकारी संकलन गरी बजारमा आफ्नो फाइदामा प्रयोग गरेको जिकिर मुद्दामा गरिएको छ ।

उजुरीलाई उद्धृत गदै न्युयोर्क टाईम्सले लेखेको छ,- लाखौं किशोर किशोरीको व्यक्तिगत विवरण मेटाका लागि ओपन सेक्रेट जस्तै भएको छ । मेटाले गोपनीयता कानुनको उल्लङ्घन गरेको कारण उजुरी गर्नुपरेको महान्यायाधिवक्ताहरुको जिकिर रहेको छ ।

अदालतमा पुगेको मुद्दाको यो आरोप प्रमाणित भएमा मेटाले लाखौं डलर वा सोभन्दा बढी जरिवाना तिर्नुपर्ने हुनसक्छ । उजुरी उपर सुनुवाइ गरेर फैसला आउन भने केही समय लाग्नेछ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार