NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

प्रधानमन्त्री प्रचण्ड उड्दा छुटेका ३१ यात्रु उडे, निगमसँगै पर्यटनमन्त्रीले मागे माफी

nepaltube

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा बुधवार छुटेका ३१ जना यात्रुलाई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) बैकल्पिक उडान मार्फत गन्तव्यमा पठाएको छ । यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै निगमले वैकल्पिक उडानबाट सबै यात्रुलाई गन्तव्यमा पुर्‍याउने प्रबन्ध मिलाएको हो ।

यस्ता घटना फेरि दोहोरिन नदिन र क्षति न्यूनीकरणमा प्रयासरत रहेको पनि निगमले जनाएको छ । यता, सेड्युल परिवर्तनका कारण ३१ यात्रु छुटेको भन्दै असुविधाप्रति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले समेत माफि माग्नुभएको छ । निगमले बुधबार राति प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधि मण्डल लिएर दुबई जाने क्रममा ३१ जना यात्रु छुटेका थिए । छुटेका यात्रुलाई निगमले आफ्नै खर्चमा होटलमा राखेको थियोे ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार