NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

एक वर्षमा झन्डै ८० हजारले विदेशमै बस्नेगरि नेपाल छाडे

पढ्न मात्रै १ लाख ८ हजार बाहिरिए !

nepaltube

एक वर्षमा झन्डै ८० हजारले विदेशमै बस्नेगरि नेपाल छाडे,पढ्न मात्रै १ लाख ८ हजार बाहिरिए !
काठमाडौं । गएको एक वर्षमा मात्रै नेपालबाट ७० हजार नौ सय १५ जना नेपाली स्थायी बसाेबासका लागि विदेशिएकाे पाइएको छ । आईतवार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा अध्यागमन विभागले यो तथ्यांक बारे जानकारी गराएको हो ।

विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख तीन हजार आठ सय ३८ जना नेपाली नागरिक विदेशी जाँदा १२ लाख ६३ हजार चार सय ६९ जना मात्रै स्वदेश भित्रिएको जानकारी दिनुभयो । पछिल्लो एक वर्षमा विदेश गएकामध्ये तीन लाख ४० हजार तीन सय ६९ जना नेपाली विदेशमा नै बसेको, यस अवधिमा अध्ययनका लागि एक लाख आठ हजार पाँच सय ४२ जना, अस्थायी बसोवास भिसामा ९२ हजार तीन सय ४९, स्थायी बसोवास भिसामा ७० हजार नौ सय १५ र विवाह गरेर डिपेन्डेन्ट भिसामा २० हजार छ सय १३ जना नेपाली विदेश गएकाे उहाँले जानकारी दिनुभयो । यो हवाई उडानमार्फत बाहिरिएकाहरुको तथ्यांक हो । यसमा भारतको भूमि भएर तेस्रो देशमा गएका दुई लाख ९२ हजार दुई सय ४० जनाको सङ्ख्या समावेश नगरिएको महानिर्देशक तामाङले बताउनुभयो । सन् २०२३ मा आठ लाख आठ हजार चार सय १५ नेपाली श्रमिकको रूपमा विभिन्न देश गएको विभागको तथ्याङ्क छ ।

महानिर्देशक तामाङले अध्यागमन कार्यविधि २०६५ सालमा नेपालीलाई विदेश प्रस्थानसम्बन्धी भएको सरल व्यवस्थालाई २०७८ साल फागुन २६ गते नेपाल सरकारको सचिवस्तर निर्णयबाट जटिल बनाइएको जानकारी गराउनुभएको छ । अध्यागमन विधेयकलाई समयसापेक्ष बनाउन नियमावली संशोधन गर्नुपर्नेमा समेत उहाँको जोड थियो ।

यता, विभागले सन् २०२३ मा विभिन्न कारणबाट चार सय ५९ विदेशीलाई नेपालबाट निष्कासन गरेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार