NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

प्रहरी निरीक्षकले बोकेको ‘सर्भिस रिभल्वर’ बाट गोली चल्दा दुईजना घाइते !

nepaltube

काठमाडौं । प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बोकेको ‘सर्भिस रिभल्वर’ बाट गोली चल्दा दुईजना घाइते भएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित प्रहरी प्रभाग बलम्बुका कार्यरत प्रहरी निरीक्षक श्रेष्ठले हतियार बुझाउने क्रममा एक राउन्ड गोली चल्दा श्रेष्ठका अङ्गरक्षकसहित एक एक सर्वसाधारण घाइते भएका हुन ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले श्रेष्ठका अंगरक्षकको खुट्टामा गोली लागेको र एक सर्वसाधारण घाइते भएकाे जानकारी दिनुभयो । दुवैजनाको अवस्था खतरामुक्त रहेको बताइएको छ।

नियतवस घटना भएको नभए पनि केही लापरबाही देखिएका कारण घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिइएको एआइजी थापाले जानकारी दिनुभएको छ

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार