सामाजिक सञ्जाल फेसबुक डाउन,किन आयो समस्या ?

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको सर्भर अचानक डाउन हुँदा लाखौं सेवाग्राही मारमा परेका छन् ।
नेपालमा बेलुका ९ बजे, अष्ट्रेलियाको सिड्नी समय अनुसार २ बजे चलिरहेको एकाउन्ट अचानक बन्द भएको हो । यो समस्या विश्वका अधिकांश देशमा देखिएको छ ।
मेटा प्लेटफमका इन्स्टाग्राम लगायतका अन्य केही एकाउन्टमा समेत डाउन हुने समस्या भएको छ । के कति कारणले समस्या भएको हो एकिन भएको छैन । फेसबुक लग आउट हुँदा म्यासेञ्जर प्लेटफर्म समेत खुलेको छैन ।
आफै लग आउट भएको अकाउन्ट खोल्न समस्या भएको धेरैले गुनासो गरेका छन् । विश्वभरका सेवाग्राहीले समस्या बारे एक्स लगायतका सामाजिक सञ्जालबाटै गुनासो गरेका छन्
मेटाकै ह्वाट्सएप प्लेटफममा भने कुनै समस्या देखिएको छैन । सामान्य जस्तै चलिरहेको छ ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







