NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

नेपालमा धार्मिक अनास्था फैलाउन अमेरिकाको करोडौँ लगानी, बिवादमा ‘सोच नेपाल’ !

nepaltube

काठमाडौं । नेपालमा अमेरिकासहित युरोपेली मुलुकले नास्तिकता अर्थात् धार्मिक अनास्था फैलाउन करोडौँ लगानी गरिरहेको भन्दै विगत लामो समयदेखी प्रश्न उठ्ने गरेकोमा यो विषय यतिबेला अमेरिकी सदनमा नै उठेको छ । बाइडेन प्रशासनले पाँच लाख अमेरिकी डलर अर्थात ६ करोड ६८ लाख नेपालमा किन खर्च गरेको भन्दै अमेरिकी सेनाका पूर्व भेटरान तथा फ्लोरिडाको प्रतिनिधित्व गर्ने सांसद ब्रीआन म्यास्टले अमेरिकी सदनमा प्रश्न उठाएपछि नेपालमा यो विषयले ठूलै हलचल ल्याएको छ ।

अमेरिकी सरकारका व्यवस्थापन तथा श्रोतसाधन क्षेत्रका सहायक विदेशमन्त्री रिचर्ड राहुल बर्माले यस्तो रकम खर्च नभएको भन्दै बचाउको प्रयास गरेपनि सदनमा सांसद म्यास्टले अमेरिकी करदाताको पाँच लाख डलर नेपालमा धर्म परिवर्तनमा खर्च किन गरिएको भन्दै वाईडेन सरकारमाथी गम्भिर प्रश्न उब्जाएका छन् । अमेरिकाबाट धार्मिक गतिबिधिका लागि आउने करोडौँ बराबरको यो बजेट एनजीओ, आईएनजीओ अनि विभिन्न अभियन्ता, सञ्चारमाध्यममा लगानी हुने गरेको खुलाशा भएको छ । अमेरिकाले धार्मिक अनास्था फैल्याउन गरेको लगानीमा राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व सदस्य होमना अन्सारी, विश्लेषक एवंम लेखक नरेन्द्र जंग पीटरसहित कतिपय अनलाईन पत्रिकासम्मलाई प्रभावित पारिएको आरोप लागेको छ । अमेरिकाबाट धार्मिक अनास्था फैलाउने एक संस्था ह्युमानिस्ट इन्टरनेशनलका प्रमुख गेरी म्याकलेल्याण्ड भारतबाट यात्रा सुरु गरेर सन् २०१८ जनवरी १७ मा नेपाल आएको घटनाले समेत यही कुरालाई पुष्टि गरेको छ ।

यता, नेपालमा सञ्चालित सोच नेपाल नामक आईएनजीओले गर्ने हिन्दु र बुद्ध धर्मविरोधी गतिबिधिले समेत अमेरिकी लगानी कुन रुपमा प्रयोग भएको छ भन्ने प्रश्न उब्जाइदिएको छ, जुन तथ्य अमेरिकी सदनमै रिपब्लिकन सांसदले उठाएका छन् । उत्तम निरौला कार्यकारी निर्देशक भएर प्रमुख हर्ताकर्ता रहेको सोच नेपालले अमेरिकी मिसनमा भुमिका खेलेको भन्दै आलोचना हुँदा राप्रपाले यो घटनालाई गम्भिर भनेर छानविनको माग गरेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार