NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

रास्वपाले टुंग्यायो ४८ सामानुपातिक सांसद

नाम आयोगबाट फाइनल भएपछि सार्वजनिक गरिने

Nepal Tube

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको भागमा परेका ५७ समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ ।

प्रवक्ता मनिस झाले आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको जानकारी दिनुभएको हो । खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम निर्वाचन आयोगमा बुझाइएको छ ।

निर्वाचन आयोगले पार्टीले बुझाएको नामावली रुजु गरेर फाइनल भएपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले बताउनुभएको छ ।

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार