नागरिकता विधेयक पास: गैरआवासीय नेपालीले पनि नागरिकता पाउने
काठमाडौं/नेपालको प्रतिनिधिसभाबाट नेपाल नागरिकता विधेयक २०७९ पारित भएको छ । पारित विधेयकले विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिकता दिने प्रावधान राखेको छ । यो नागरिकतालिएकाले नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने छन् । तर उनीहरूलाई राजनीतिक र प्रशासनिकअधिकार भने प्राप्त हुनेछैन ।
सार्क राष्ट्रमा बसोबास गर्ने नेपालीले भने यो नागरिकता पाउनेछैनन् । संविधानमै साविकमा वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिई पछि विदेशीमुलुकको नागरिकता लिएको व्यक्तिले गैरआवासीय नेपाली नागरिकता लिन सक्ने व्यवस्था गरेको छ । कानुन नबन्दा गैरआवसियनेपालीले यो अधिकार प्रयोग गर्न पाएका थिएन । अब तल्लो सदनबाट पारित विधेयक माथिल्लो सभा अर्थात राष्ट्रिय सभाबाट पनिपारित भएपछि राष्ट्रपतिबाट प्रमाणिक भएर कानुनका रुपमा लागु हुनेछ ।
नागरिकता विधेयकले गैरआवासीय नेपाली नागरिकता लिन चाहनेले यी शर्तहरु पुरा गर्नुपर्ने छ ।
– निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण
-सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण
– विदेशी मुलुकको नागरिकता भएको प्रमाण
– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण
– नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धतापत्र
गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई सम्बन्धित मन्त्रालयले तोकिएको ढाँचामा शपथ गराउनेछ ।
तपाईको प्रतिक्रिया