भोलिबाट दशैं सुरु, यस्तो छ अष्ट्रेलियामा घटस्थापना र टिकाको साइत
ब्रिजबेन, काठमाडौं । घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवम् गणेश स्थापनासहित घटस्थापना गरेर अक्टोबर १५ बाट यसवर्षको दशैँ सुरु हुँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालमा घटस्थापना र टिकाको साइत सार्वजनिक गरिरहँदा विदेशमा बस्ने नेपालीहरुले स्थानीय समय अनुसार निर्धारित साईतमा घटस्थापनासँगै टिका नलाउने गर्दछन् ।
बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोपिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । भोलिदेखी देखि नवरात्र सुरु हुन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा लगाएर मान्यजनका हातबाट आशिर्वाद लिने गरिन्छ । दशैलाई देश विदेशमा रहेका हिन्दु नेपालीहरुले उत्साह र उमंगका साथ बनाउँदैआएका छन् । अष्ट्रेलियाको हकमा नेपालि हिन्दु समाज अष्ट्रेलियाले घटस्थापना र टिकाको साइत तय गर्ने गरेको छ ।
अष्ट्रेलियामा राज्य अनुसार यस्तो छ घटस्थापनाको साईत
सिड्नी – विहान ६ : १८
मेलवर्न – विहान ६ : ४२
ब्रिजबेन – विहान ५ : ४८
एडीलेट – विहान ६ : ४५
क्यानबेरा – विहान ६ : २७
तास्मानिया – विहान ६ : २९
पर्थ – विहान ५ : ४२
डार्वीन – विहान ६ : ५३
यस्तो छ राज्यअनुसार टिकाको साइत
सिड्नी – विहान ११ः १५
मेलवर्न – विहान ११ः ३५
ब्रिजबेन – विहान १० : २५
एडीलेट – विहान ११ : १७
क्यानबेरा – विहान ११ : २१
तास्मानिया – विहान ११ : २४
पर्थ – विहान १० : ४२
डार्वीन – विहान ११ : ३४
अक्टोबर २४ का दिन बिहान ७ देखी ९ बजेसम्म अष्ट्ेलियामा नेपालि हिन्दु समाज अष्ट्रेलियाले जमरा समेत वितरण गर्नेछ ।
तपाईको प्रतिक्रिया