Wednesday, 11 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalअन्तिम चरणमा समानुपातिक मतगणना, रास्वालाई ५१ लाख बढी मत

अन्तिम चरणमा समानुपातिक मतगणना, रास्वालाई ५१ लाख बढी मत

अरु कुन दलको कति ? 


काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा रास्वपाले ५१ लाख बढी मत पाएको छ ।

प्रत्यक्षमा १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ एक करोड ७ लाख ३० हजार ५५१ मतगणना हुँदासम्म ५१ लाख ३५ हजार ६२१ मत पाएको छ । प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले १७ लाख ४७ हजार ७३७, ९ सिट जितेको एमालेले १४ लाख ४८ हजार ३१८ र प्रत्यक्षमा ८ सिट पाएको नेकपाले ८ लाख ३ हजार ६२७ मत पाएको छ ।

पाँचौ भएको श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ सिटसहित ३ लाख ७८ हजार ५८७ समानुपातिक  मत पाएको छ । प्रत्यक्षमा १ सिट जितेर बल्लबल्ल थ्रेसहोल्ड कटाएको राप्रपाले ३ लाख २९ हजार ४५७ मत ल्याएको छ । अरु कुनैपनि दलले प्रत्यक्षतर्फ चुनाव जित्न र समानुपातिक थ्रेसहोल्ड कटाउन सकेका छैनन । अब करिब २ लाख ५० हजार मत गन्न बाँकी रहेको छ ।

स्वतन्त्र रुपमा चुनाव लडेर बैज्ञानिक महावीर पुनले चुनाव जित्नुभएको छ ।

यस्तो छ निर्वाचन आयोगका अनुसार पछिल्लो समानुपातिक मत : 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ