Thursday, 4 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसामुदायिक केन्द्र बनाउन जुरुक्कै उठे साउथ ब्रिजवेनका नेपाली । एकैचोटी बने ४३ सदस्य (नामसहित)

सामुदायिक केन्द्र बनाउन जुरुक्कै उठे साउथ ब्रिजवेनका नेपाली । एकैचोटी बने ४३ सदस्य (नामसहित)


ब्रिजवेन/अष्ट्रेलियाको कुइन्सल्याण्डमा नेपाली सामुदायिक केन्द्र बनाउन साउथ ब्रिजवेनका नेपाली जुरुक्कै उठेका छन् । उनीहरुले आज इनालामा एक कार्यक्रम गरि ४३ जनाले सामुहिक रुपमा आजिवन सदस्यता (पारिवारिक/व्यक्तिगत ) लिएका हुन् । कुइन्सल्याण्ड नेपलिज कल्चरल सेन्टर क्युएनसिसिले केही साता अघि स्प्रिङफिल्डमा केन्द्र निमार्णका लागि सदस्यता विस्तार गर्न समुदायसंग अन्तरक्रिया गरेको थियो । त्यस अन्तरक्रियापछि साउथ ब्रिजवेनका नेपालीहरु केन्द्र बनाउनका लागि सदस्यता विस्तार गर्न कम्मर कसेर लागेका थिए । स्थानिय इश्वर कुइकेल लगायतको सक्रियतामा एक आपसमा भेटघाट र सम्पर्क गरि स्थानियहरुले सदस्यता लिनुपर्ने आवश्यकता बारे व्यापक छलफल भयो ।

केही समयको छलफलपछि शनिवार साउथ ब्रिजवेनका झण्डै ५० जना जति स्थानियले सदस्यता घोषणाको कार्यक्रम आयोजना गरेको हो । सदस्यता घोषणा कार्यक्रमको सुरुमै क्युएनसिसिका अध्यक्ष डाक्टर केशव शर्माले सामुदायिक केन्द्रको आवश्यकता, योजना र भाविरणनीतिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको हो । यसअघि समुदायले उठाएको प्रश्न र विषयलाई सम्बोधन गरि परिमार्जन सहितको कार्यपत्रले कार्यक्रममा सहभागीहरुलाई सदस्यता लिनका लागि अभिप्रेरित गरेको थियो । शर्माले सबैभन्दा पहिला जसरी भएपनि जग्गा किन्नका लागि सदस्यता विस्तार अपरिहार्य भएको भन्दै सबैलाई सदस्य बनिदिन अनुरोध गर्नुभएको थियो । शर्माले आफ्नै जग्गामा एउटा रुख र ढुंगा मात्रै राखेर भेला हुदा पनि आफ्नोपन हुने भएकाले जग्गा किन्नु सबैभन्दा महत्वपुर्ण भएको जिकिर गरिरहदा नेपालीपन सम्झिएर धेरै जना भावुक बनेका थिए । कार्यक्रमको संचालक समेत रहनु भएका इश्वर कुइकेलले सुरुमै बाहिर बसेर प्रश्न गर्नुभन्दा सदस्य बनेर आफै होमिएर केन्द्र निमार्णमा जुट्न सबैलाई आग्रह गर्नुभयो । सामुहिक सदस्यत घोषणा अघि समुदायबाट उठेका प्रश्नका बारेमा प्यानल छलफल समेत भएको थियो । सदस्यता विस्तार नै पहिलो कोसेढुंगा भएको निष्कर्श निकाल्दै कार्यक्रम संचालक कुइकेलले क्युएनसिसिको आजिवन सदस्य बन्न राजी भएका २७ जनाको नाम पढेर सुनाउनु भएको थियो ।

त्यसपछि सदस्य बन्न इच्छुक भए हात उठाउनु भनेपछि सहभागीहरुमध्ये अधिकांशले स्वतस्फुर्त रुपमा आफ्नो नाम दर्ता गराएका थिए । आजिवन सदस्य बन्नेको लर्को लागेपछि हलभित्र खुसी र उत्साहको माहौल बनेको थियो । कार्यक्रममा सदस्यता विस्तारलाई थप प्रभावकारी बनाउनका लागि ११ सदस्यीय सहयोगी समिति समेत गठन भएको छ । त्यस्तै भेलाले क्युएनसिसिमा रिक्त रहेको सचिवको पदमा साउथ ब्रिजवेनबाट प्रमोद पोखरेलको नाम सिफारिस गरेको छ । हाल ९० जना आजिवन सदस्य रहेको क्युएनसिसिमा तत्कालिन अवस्थामा जग्गा गरिन गर्ने रकम जुटाउन कम्तिमा पनि ३६० जना सदस्य आवश्यक पर्छ ।

व्यक्तिगत आजिवन सदस्यताका लागि १ हजार डलर र पारिवारिक आजिवन सदस्यताका लागि १५ डलर शुल्क लाग्दछ । एकैचोटी यत्ति धेरै सदस्य बनेको यो नै पहिलो अवसर हो । केही दिनपछि नर्थ ब्रिजवेनमा पनि क्युएनसिसिले समुदायसंग अन्तरक्रिया गर्दैछ ।

शनिवार साउथ ब्रिजवेनमा सामुहिक रुपमा सदस्यता घोषणा गर्नेहरु

१ शरण भट्ट
२ अमर पन्त
३ शतिस ज्ञवाली
४ उमापति यादव
५ ओम पौडेल
६ हरि रानाभाट
७ सन्दीप भट्टराई
८ कृष्ण पौडेल
९ ड्रेन उप्रेती
१० अर्जुन पाण्डे
११ सुमन अधिकारी
१२ सुमन रिजाल
१३ सन्तोष अधिकारी
१४ रमेश कुइकेल
१५ अनिल अधिकारी
१६ डा. हेमाङ शर्मा
१७ डा. सुदर्शन चालिसे
१८ रबि प्रसाइ
१९ रमेश काराखेती
२० इश्वर कुइकेल
२१ सन्तोष पौडेल
२२ शैलेन्द्र बस्नेत
२३ शिव बस्नेत
२४ निरोज श्रेष्ठ
२५ सुवास रेग्मी
२६ भुवन काफ्ले
२७ राजेन्द्र शर्मा
२८ रामजी खनाल
२९ टिका भुर्तेल
३० प्रेम गुरुङ
३१ टिकाराम अधिकारी
३२ मनोज अर्याल
३३ प्रदिप पहारी
३४ सुनिल बस्नेत
३५ पवन लम्साल
३६ टिकाराम शर्मा
३८ डा सुजन घिमिरे
३९ प्रमोद सापकोटा
४० सुनिल पराजुली
४१ प्रकाश राई

४२ रमेश कुँवर

४३ विकास घिमिरे


ट्याग : #brisbane, #nepali, #qncc
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ