मध्यपूर्व तनावको असर : ग्यास उद्योगमा सयौँको लाइन
काठमाडौं । पश्चिम एसिया क्षेत्रमा विकसित तनावपूर्ण अवस्थाका कारण पेट्रोलियम पदार्थ र ग्यासको विश्वव्यापी अभाव देखिन थालेको छ ।

छिमेकी देश भारत, बङ्गलादेश र पाकिस्तान जस्ता देशमा पेट्रोलिय पदार्थ र ग्यासको अभाव देखिदैगर्दा यसको प्रभाव नेपालमा पनि देखा परेको छ । नेपाल आयल निगमले पेट्रोल तथा ग्यासको अभाव नरहेको बताउँदै आए पनि ग्यास बिक्री डिपोबाट उपभोक्ता माग अनुसार ग्यास पाउन सकेका छैनन र कृतिम अभाव बढिरहदा बालाजु औद्योगिक क्षेत्र भित्रको नेपाल ग्यास उद्योगको वितरण कक्षमा दिनहुँ ग्यास लिने सयौको लाइन देखिन थालेको छ ।

ग्याँसको लाईनमा बसिरहेका सर्वसाधारण बाहिरको ग्यास डिपोहरुमा ग्यास नपाउदा सिलिन्डर बोकेर बालाजु आउनपरेको बताइरहनुभएको छ । वाणिज्य विभागसँगै, नेपाल आयल निगमले अभाव नरहेको, ग्याससहित पेट्रोलियम आयात र विक्रिको विवरण बुझाउन व्यवसायीहरुलाई सचेत गराउदैआएको छ । Photo-NPL


















तपाईको प्रतिक्रिया