Thursday, 25 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsपर्यटनमन्त्री सहभागी मिटिङमा पाेर्न भिडियाे बजेपछि

पर्यटनमन्त्री सहभागी मिटिङमा पाेर्न भिडियाे बजेपछि


काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ मार्फत आयोजना गरेको बैठकमा एक्कासी पोर्न भिडियो बजेपछि हंगामा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि रहेको सार्वजनिक भर्चुअल मिटिङमा अनधिकृत रुपमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट पोर्न भिडियो बजेपछि हंगामा भएको हो ।

मन्त्री, सचिव लगायतका व्यक्तिहरु सहभागी भर्चुअल बैठकमा अश्लिल भिडियो बजेलगत्तै एडमिनले भिडियो काटेका थिए । पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा पोर्न भिडियो बज्न थाल्यो, बैठकमा सहभागीले भने । यसअघि पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्बोधन गरेका थिए । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमका कारण विश्वका धेरैजसो देशमा जुम एपको प्रयोग गरी भर्चुअल माध्यमबाट बैठक हुँदै आएका छन् । भारतमा समेत जुम बैठक असुरक्षित भएको भन्दै प्रयोग सम्बन्धी निर्देशिका नै जारी गरिएको छ । यस्ता बैठकमा पछिल्ला समयमा ह्याकरहरुले अनधकृतिक रुपमा ‘एक्सेस’ गरेर अश्लील भिडियो बजाइदिने गरेका छन्, यसअघि बैकरहरुको भर्चुअल बैठकमा समेत यस्तै पोर्न भिडियो बजेपछि हंगामा भएको थियो । सुरक्षाको विषयलाई लिएर यो एपमाथि प्रश्न उठ्दैगर्दा नेपालमा भने यसको प्रयोग बढ्दो क्रममा देखिएको छ ।

आइटी तथा टेक्नोलोजिका जानकारहरु मिटिङको आईडी र पासवर्ड विभिन्न तरिकाबाट सेयर हुँदा त्यसको अनाधिकृत रुपमा चोरी गरेर ह्याकरहरुले यस्ता अश्लील भिडियो देखाउने, महत्वपूर्ण डाटा लगायतका सामाग्रीहरु चोरी गर्ने गरेको बताउँछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ