साउथ अष्ट्रेलियामा पार्क पुनर्निमाणका लागि नेपालीले गरे २० हजार डलर सहयोग
![](https://www.nepaltube.com.au/wp-content/uploads/2021/07/218818553_501526067622378_7373287757777028939_n.jpg)
ब्रिजबेन
साउथ अष्ट्रेलियास्थित मेरियन काउन्सिल अन्तगर्त रहेको एक पार्क पुनर्निमाणका लागि त्यहा“का नेपालीले २० हजार डलर आर्थिक सहयोग गरेका छन् । ‘गिभिङ ब्याक टु कम्युनिटी’ अर्थात ‘समुदायका लागि योगदान’ भन्ने परियोजना अन्तगर्त गैर आवासिय नेपाली संघ अष्ट्रेलिया एनसिसि र साउथ अष्ट्रेलिया राज्य समितिले आधा आधा रकम जुटाएर सहयोग गरिएको बताइएको छ । साउथ अष्ट्रेलियाका एनआरएनए राज्य संयोजक नबिन पन्तका अनुसार बनभोज स्थल, बालउद्यानसहितको ग्लेनडोर पार्कमा नेपाली समुदायको सहयोगमा निर्माण गरिएको भनेर समेत लेखिएको छ । शनिवार पार्कको उद्घान गरिएको छ । कार्यक्रममा उपस्थित सांसद निकोल फ्लिन्टले पार्क निमार्णमा सहयोग पु¥याएकोमा नेपाली समुदायलाई धन्यवाद दिनुभयो । कार्यक्रममा मेयर क्रिस हानाले बहुसांस्कृतिक समुदाय मिलेर गरिएको यस्तो कार्य पहिलो भएको बताउनुभयो । उद्घान कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले पठाउनु भएको लिखित सम्बोधनलाई राज्य संयोजक पन्तले वाचन गर्नुभएको थियो । सम्बोधनमा कँडेलले कोरोनाका कारण नेपाल फेष्टिभल गर्न नपाए पनि भावी पुस्ताले समेत सम्झने खालाको परियोजनामा सहयोग गर्न पाउदा आफु निकै खुसी भएको बताउनुभयो । आगलागीका बेलामा नेपाली समुदायले गरेको सहयोग स्मरण गराउदै कँडेलले यस्तो महत्वपुर्ण परियोजनामा सहयोग गर्न व्यवस्था मिलाउने साउथ अष्ट्रेलियाका राज्य समितिलाई समेत धन्यवाद दिनुभयो ।
राज्य संयोजक नबिन पन्तले हामीले थोरै भएपनि सहयोग गरेर नेपाली समाजलाई गर्व हुने काम गरेको बताउनुभयो । पन्तले राज्य सरकारबाट विभिन्न परियोजनाका लागि लिइएको अनुदानबाट बचेको रकमबाट राज्य समितिले १० हजार र यसअघि सिड्नीमा भएको आर्थिक सम्मेलनमा बोर्डले १० हजार डलर पार्क निर्माणमा सहयोग गर्ने निर्णय गरेको समेत स्पष्ट पार्नुभयो ।
तपाईको प्रतिक्रिया