डेढ महिना अघि सिड्नी गएका नेपाली विद्यार्थी आफ्नै घरमा मृत भेटिए
सिड्नी, डेढ महिना अघि मात्रै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएका एक नेपाली विद्यार्थीको दुखद निधन भएको छ । सिड्नीको अर्वनमा बस्दै आएका विद्यार्थी सुजन बस्नेत आफ्नै कोठामा मृत भेटिएको एनआरएनए न्यु साउथ वेल्सका संयोजक देव गुरुङले जानकारी दिनुभयो । एनआरएनएको स्टुडेण्ट एडभाइजरी काउन्सिलका अनुसार काठमाडौ गल्फुटारका बासिन्दा बस्नेत ६ सात हप्ता अघि मात्रै सिड्नी आएका हुन ।
भर्खरै अष्ट्रेलिया गएका सुजनको निधनले परिवारमा गहिरो चोट पुगेको भन्दै काउन्सिलले यो दुखको घडीमा साथ दिन चन्दा संकलन सुुरु गरेको छ । एनआरएनए न्युसाउथ वेल्सका संयोजक देव गुरुङले सुजनको शव नेपाल पठाउनका लागि गो फन्ड मिबाट चन्दा संकलन गरिएको बताउनुभयो । नेपालट्युुबसंग कुरा गर्दै गुरुङले १० हजार डलर उठाएपछि गोफन्डमिको एकान्ट बन्द गरिने जानकारी दिनुुभयो । केही दिनमा नै अन्तिम संस्कारका लागि शव नेपाल पुग्ने बताइएको छ । सहयोगका लागि लिक यहाँ छ
अष्ट्रेलियामा पछिल्लो ३ महिनामा सिड्नीमा एक र पर्थमा १ गरि दुइ जना विद्यार्थी यसै गरि आफ्नै कोठमा मृत भेटिएको छ ।
बढ्दो मानसिक तनावलाई व्यवस्थापन गर्न नसक्दा नेपाली समाजमा यस्तो दुखद घटना बढ्न थालेको छ । हामी मानसिक विचलन बारे खुलेर कुरा गर्न हिच्किचाउने कारण पनि समस्या झन बल्झिएको छ । त्यसैले यदि तपाई पनि मानसिक रुपमा विचलित भइरहनु भएको छ भने कृपया सहयोग माग्नुहोस् ।
अष्ट्रेलियामा काउन्सेलिङका लागि २४ सै घण्टा फोन सेवा उपलब्ध छ । आफु पढ्ने कलेज र विश्वविद्यालयबाहेक लाइफ लाइने, बिओण्ड द ब्लु जस्ता संगठनले २४ सै घण्टा फोनबाट सेवा दिन्छ । कल गरेर सेवा लिनुहोला ।
Lifeline – 13 11 14
Provides 24/7 crisis support and suicide prevention services.
beyondblue – 1300 224 636
Provides information and support to help everyone in Australia achieve their best possible mental health, whatever their age and wherever they live.
Carers Australia – 1800 242 636
Short-term counselling and emotional and psychological support services for carers and their families in each state and territory.
Kids Helpline – 1800 551 800
A free, private and confidential, telephone and online counselling service specifically for young people aged between 5 and 25.
MensLine Australia – 1300 789 978
A telephone and online support, information and referral service, helping men to deal with relationship problems in a practical and effective way.
ट्याग : #Nepali Student in Australia
तपाईको प्रतिक्रिया