क्रिकेटर सन्दीपले टी–२० विश्वकप खेल्ने निश्चित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने निश्चित भएको छ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा सन्दीपलाई समावेश गर्न नेपाल क्रिकेट संघ क्यानले गरेको प्रस्ताव अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले स्विकृत गरेको हो ।
आईसीसीको निर्णयसँगै क्यानले सन्दीपलाई अमेरिका पठाउने तयारी गरेको छ । यसअघि नै टी–२० विश्वकप क्रिकेटका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली पठाइसकेको छ । अब यो टोलीका एक सदस्यलाई सन्दिपले प्रतिस्थापन गर्नेछन । सन्दिपले सफाइ पाएसँगै तीनजना बलरहरू ‘डेन्जर जोन’ मा रहेको चर्चा चलिरहेको छ । धेरैले सागर ढकालको ठाउँमा सन्दीपलाई राखिने अड्कल गरिरहदा सागरलाई यावत राखेर फास्टबलरमा प्रतिश जिसी र कमलसिंह ऐरीमध्ये एक जना बाहिरिने आँकलन समेत भैरहेको छ । यसको निर्णय भने क्यानले गर्नेछ ।
सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा यसअघि टोलीमा समेटिएका थिएनन् । बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट सफाई पाएसँगै विश्वकप खेल्ने बाटो खुलेको थियो ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







