NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

संसदमा कांग्रेसको अबरोध जारी, आजको बैठक समेत प्रभावित

nepaltube

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक आगामी आईतवारसम्मका लागि स्थगित भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठक कांग्रेसको अवरोधपछि कार्यसुचिमै प्रवेश नगरि आईतवारसम्मका लागि स्थगित भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले पटक पटक नेपाली काँग्रेसलाई आसन ग्रहण गरेर सभा सञ्चालनका लागि सहज वातावरण बनाइदिन आग्रह गरेपनि काँग्रेस सांसदले उठेर संसद चल्न नसक्ने संकेत गरे । यसपछि बैठक आईतवार बिहान ११ बजेसम्मका लागि स्थगित भएको सभामुख घिमिरेले घोषणा गर्नुभयो । नेपाली काँग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति माग गर्दै आएको छ । छानबिन समिति नबनेसम्म संसद चल्न नसक्ने काँग्रेसले बताएको छ ।

यता, संसदीय छानविन समितिको टिओआरका लागि कार्यदलको बैठक पटक पटक बसेपनि सहमति जुट्न सकेको छैन । शुक्रबारको बैठकमा कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको ठाउँमा बिवादमा मुछिएका सहकारीको नाम लेखेर संसदीय समिति बनाउन सकिने लचकता देखाएको छ । आगामी कार्यदल बैठकमा ठोस सहमति हुने आशा गरिएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार