NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

टी–२० विश्वकप : नामिबिया र वेष्टइन्डिजको विजयी सुरुवात,नेपालको खेल जुन ४ मा

nepaltube

काठमाडौं । टी–२० विश्वकपमा समूह बी अन्तरगतको पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गर्दा सहआयोजक वेष्टइन्डिजले पपुवा न्युगिनीमाथि ५ विकेटको जित हात पारेको छ । सुपर ओभरमा २२ रनको लक्ष्य पाएको ओमानले ६ बलमा १० रन मात्र बनाएर पराजित हुँदा वेष्टइन्डिजले पपुवा न्युगिनीमाथि ५ विकेटको सहज जित हात पारेको हो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो । डेभिड विसाले १३ र जेर्हार्ड इरास्मसले ८ रन जाडे । यसअघि खेल निर्धारित ओभरमा रोमाञ्चक बराबरीमा टुंगिएको थियो । त्यसपछि खेल सुपर ओभरमा पुगेको हो । १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो । नामिबियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन बनाए । ओमानका लागि मेहरन खानले ३ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रनको चुनौती प्रस्तुत गरेको थियो । नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए ।

यसअघि सम्पन्न गएरातीको खेलमा सहआयोजक टोली वेष्टइन्डिजले पपुवा न्युगिनीमाथि ५ विकेटको जित हात पारेर प्रतियोगितामा विजयी सुरुवात गरेको छ । १ सय ३७ रनको सामान्य लक्ष्य पछ्याएको वेष्टइन्डिजले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालले भने ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै टि–२० विश्वकपको सुरुआत गर्नेछ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार