NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

नेपाल वायुसेवा निगममा सुधार, असारमा तिर्यो ४३ करोड ९ लाख किस्ता !

nepaltube

काठमाडौं । जहाज खरिदको किस्ता बापत असारमा नेपाल वायुसेवा निगमले ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ । निगमका अनुसार ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८१ असार महिनाको किस्ता बापत पूरा र वाइडबडी जहाजको आंशिक गरी ३१ असारमा ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको हो।

पछिल्लो व्यवस्थापन आएसँगै निगमले २०८१ असारसम्म ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गर्न सफल भएको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो । कोरोना महामारीका कारण निगमको व्यापारमा प्रतिकूल असर परेको थियो । यो अवधिको ब्याजको हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन दुवै कोषसँग निगमले अनुरोध गरेर असारमा भुक्तानी गरेको छ ।

किस्ता संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाई सहजीकरण गरिदिन निगमले दुवै कोषलाई अनुरोध पत्र पठाएको जनाएको छ । निगमनको पत्राचार अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा आवश्यक छलफल भएको समेत बताइएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार