Nepalमनसुन सुरु भएको ४२ दिनमा प्राकृतिक विपत्तिमा परेर एक सय २८ जनाको मृत्यु !nepaltube|Sunday, 2024 July 21 / 12:06 amअ−अअ+ काठमाडौं– यो वर्षको मनसुन अवधि अर्थात जेठ २८ देखि आजसम्म प्राकृतिक विपत्तिमा परेर एक सय २८ जनाको ज्यान गएको छ । ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी एक सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएकाे प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको हो । मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखी शनिबार दिउँसोसम्म बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी तथ्यांक रहेको छ । विपद्मा परी पाँच सय ८९ वटा पशुचौपाया मारिएका छन् । ४२ दिनको अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका छन् । मनसुनी वर्षा अझपनि जारी रहेकोतर्फ ध्यानाकर्षण गराउदै सरकारले सतर्कताका लागि सुचना जारि गर्दैआएको छ । शेयर:प्रतिक्रिया दिनुहोसटिप्पणीहरू लोड हुँदैछ…सम्बन्धित समाचारभोटेकोशी बाढीले ध्वस्त नुवाकोटको त्रिशूली विद्यालयलाई अस्ट्रेलियाका नेपालीको कम्प्युटर सहयोग२०२६ सेप्टेम्बर १३प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता२०२६ सेप्टेम्बर १२युवाकवि मोतीराम भट्टको १६१औं जन्मजयन्ती२०२६ सेप्टेम्बर ११प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत२०२६ सेप्टेम्बर ११उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा२०२६ सेप्टेम्बर ११देवीघाटमा बेलिब्रिज सञ्चालनमा, पैदलयात्रीलाई आवतजावत खुला२०२६ सेप्टेम्बर ११२०२६ सेप्टेम्बर १०मिटरब्याज मुद्दामा निशान्त मैनालीको परिवारलाई उच्च अदालतबाट सफाइ२०२६ सेप्टेम्बर १०