Nepalमनसुन सुरु भएको ४२ दिनमा प्राकृतिक विपत्तिमा परेर एक सय २८ जनाको मृत्यु !nepaltube|Sunday, 2024 July 21 / 12:06 amअ−अअ+ काठमाडौं– यो वर्षको मनसुन अवधि अर्थात जेठ २८ देखि आजसम्म प्राकृतिक विपत्तिमा परेर एक सय २८ जनाको ज्यान गएको छ । ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी एक सय २८ जनाको मृत्यु र एक सय ४३ जना घाइते भएकाे प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको हो । मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखी शनिबार दिउँसोसम्म बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी तथ्यांक रहेको छ । विपद्मा परी पाँच सय ८९ वटा पशुचौपाया मारिएका छन् । ४२ दिनको अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय ७९ घरपरिवार विस्थापित भएका छन् । मनसुनी वर्षा अझपनि जारी रहेकोतर्फ ध्यानाकर्षण गराउदै सरकारले सतर्कताका लागि सुचना जारि गर्दैआएको छ । शेयर:प्रतिक्रिया दिनुहोसटिप्पणीहरू लोड हुँदैछ…सम्बन्धित समाचारविमल घर्तीमगरको फुटबल यात्रामा पूर्णविराम!२०२६ अक्टोबर १९कांग्रेसमा चिरीबाबु र सचिन सर्वाधिक मतसहित निर्वाचित२०२६ अक्टोबर १७‘पार्टीलाई २१औं शताब्दी सुहाउँदो बनाउँछु’२०२६ अक्टोबर १५वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा चार जना पक्राउ२०२६ अक्टोबर १४कांग्रेसको मतगणना तीव्र, बुधबारसम्म नतिजा सार्वजनिक गर्ने लक्ष्य२०२६ अक्टोबर १४महिलामाथि दुर्व्यवहारको आरोप लागेका सांसद सुनारमाथि छानबिन सुरू२०२६ अक्टोबर १४आज घटस्थापनासँगै बडादसैं सुरु२०२६ अक्टोबर १२भोटेकोशी-त्रिशूली बाढी: अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित२०२६ अक्टोबर ६