NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

प्रहरी नियन्त्रणमा अभियन्ता दुर्गा प्रसाईं, तीन दिन थुनामा राख्न अदालको अनुमति !

nepaltube

काठमाडौं । मेडिकल व्यवसायी समेत रहनुभएका अभियन्ता दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराध गरेको उजुरीका आधारमा मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरस्थित निजी निवासबाट आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

रास्वपा नेतृ समेत रहनुभएकी सामाजिक अभियन्ता ज्वाला संग्रोलाले दिएको उजूरी उपर कारबाहिस्वरुप पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उजुरीमाथि अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएक‍ोमा अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएकाे छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार