NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

आजबाट गगन र विश्वले बोलाएको विशेष महाधिवेशन, देउवा पक्ष अलग

कांग्रेस फुट्ला कि सग्लो रहला ?

Nepal Tube

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । विशेष महाधिवेशनस्थलमा विहानैदेखी नेता, कार्यकर्ताको चहलपहल बढेको छ ।

उद्घाटन समारोह अघि विभिन्न स्थानबाट र्याली निकालिदैछन् । महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट ८ बजेदेखि नाम दर्ता सुरु गरिने बताइएको छ ।  महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार काठमाडौंका सभापति सबुज बानियाको सभापतित्वमा महाधिवेशन उद्घाटन हुने र बन्द सत्रको सभापतित्व जेष्ठ सदस्यले गर्नेछन् । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाउनु भएको हो ।

यता, सभापति शेरबहादुर देउवा पक्षका संस्थापन नेताहरूले  विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएका छन् । देउवा पक्षले आजकै मितिमा जिल्ला सभापति र युवाको भेला बोलाएकाे छ । योसँगै अब कांग्रेस दुई टुक्रा भएको र विशेष महाधिवेशन पछि यसले पुर्णता पाउने विश्लेषण हुन थालेको छ । Photo- NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार