NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

टेम्पो भिरबाट खसालिएपछि समिति गठन

Nepal Tube

काठमाडौँ / कैलालीको गोदावरी नगरपालिका–४ गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालिएको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरिएको हो।

समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ। घटनासम्बन्धी अनुसन्धानका क्रममा १२ वन कर्मचारी नियन्त्रणमा लिइएको थियो।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

ट्यागहरू

सम्बन्धित समाचार