Friday, 28 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकाठमाडौं नगरसभा स्थगित, मेयर बालेन भन्छन– ‘एमाले कांग्रेसका जनप्रतिनिधिले रोके!’

काठमाडौं नगरसभा स्थगित, मेयर बालेन भन्छन– ‘एमाले कांग्रेसका जनप्रतिनिधिले रोके!’


काठमाडौं । बिवाद र रस्साकस्सीमै बजेट ल्याइएको काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ । एमाले, कांग्रेसका जनप्रतिनिधिहरु र मेयर बालेन शाह बीच विवाद भएपछि सूचना निकालेर नगरसभा बैठक स्थगित गरिएको हो ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आज नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न नगरसभा बैठक बोलाउनुभएको थियो । गत सोमबारको नगरसभा बैठकमा चार दलका जनप्रतिनिधिले नीति तथा कार्यक्रममा साझा संशोधन हाले पनि मेयर बालेन अस्वीकार गरेर अघि बढ्नुभएको थियो । यहि बिवादले नीति तथा कार्यक्रम पारित नहुँदै बजेट प्रस्तुत गरिएको थियो । नगरसभा बैठकको सुरुवातमै ४ दलका जनप्रतिनिधिको साझा संशोधन, नीति तथा कार्यक्रम पारित नभई ल्याइएको बजेटबारे विवाद भएको थियो । मेयर बालेनले फेसबुकमा स्टाटस लेख्दै कांग्रेस र एमालेका जनप्रतिनिधिले बैठक रोकेको आरोप लगाउनुभएको छ ।

यस्तो छ मेयर बालेन्द्रको फेसबुक स्ट्याटस :

“एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।”



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ