NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

४ अर्ब आन्तरिक ऋण उठाउदै सरकार,१९ अर्ब बढी नविकरण हुने

nepaltube

काठमाडौं । सरकारले ४ अर्ब आन्तरिक ऋण उठाउन ट्रेजरी बिल जारी गर्दैछ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ट्रेजरी बिल बोलकबोल मार्फत सोमबार ४ अर्ब आन्तरिक ऋण उठाउने जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार ४ अर्ब आन्तरिक ऋण परिचालन र १५ अर्ब ५० करोड नवीकरणसहित कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुनेछ । १९२ दिन अवधिको ट्रेजरी बिल मार्फत सरकारले ४ अर्ब आन्तरिक ऋण उठाउदा पहिलो चरणमा ९१ दिन अवधिको ८ अर्ब ५० करोड बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुनेछ । दोस्रो १८४ दिनको समयसहित ४ अर्बकै नवीकरणको लागि बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । यसपछि ३६४ दिन अवधिको २ अर्ब बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुने जनाइएको छ । यी सबै ट्रेजरी सोमबार नै जारी हुनेछन् ।

एक वर्ष वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र नै ट्रेजरी बिल हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमबाट जारी गर्ने गरिन्छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार