NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

एमालेको आग्रहमा नागढुंगा-मलेखु सडकखण्ड मंसिर २६ र २७ मा पुर्णरुपमा चल्ने

Nepal Tube

काठमाडौं । एमाले महाधिवेशनलाई लक्षित गर्दै नागढुंगा-मलेखु सडकखण्ड विस्तार मंसिर २६ र २७ दुई दिन रोकेर  पूर्णरूपमा यातायात सञ्चालन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको सचिवालयले २६ र २७ मंसिरमा राजमार्ग पूर्ण सञ्चालन गर्ने जानकारी दिएको  हो ।

सडक विभागले सडक कालोपत्र गरी स्तरोन्नति गर्ने काम तीव्र बनाउन मंसिर २४ (आज) देखि १ पुससम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय  गरेको थियोे । अहिले खाल्डा खुल्डी पुर्ने र सडक कालोपत्रेका लागि धमाधम काम भइरहेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार