NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

फागुन २१ को निर्वाचन तयारी, १ करोड ८९ लाख ३ हजार बढी योग्य मतदाता

Nepal Tube

काठमाडौं । नेपालमा फागुन २१ को निर्वाचनका लागि मतहाल्न योग्य हुनेगरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता दर्ता भएका छन् ।

निर्वाचन आयोगले शनिबार अन्तिम नामावली सार्वजनिक गरेको हो । जस अनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार, १ सय ३१ महिला र २ सय अन्य मतदाता रहेका छन् ।

विं सं २०७९ सालमा भएको निर्वाचन भन्दा यसपालि ९ लाख १५ हजार १ सय १९ नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार