NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

मन्त्री बब्लु गुप्ताको राजीनामा, के छ अबको योजना ?

Nepal Tube

काठमाडौं । कात्तिक ९ गते मन्त्री हुनुभएका बब्लु गुप्ताले राजीनामा दिनुभएको छ ।

युवा तथा खेलकुद मन्त्री रहनुभएका गुप्ता पछिल्लो समय अमेरिका भ्रमणमा जाने विषयमा विवादमा पर्नुभएको थियोे । विवाद बढेपछि उहाँसँग प्रधानमन्त्री सुशीला कार्की समेत असन्तुष्ट हुनुहुन्थ्यो । राजीनामा दिएर बब्लु बालेन शाहसँगै रास्वपाको मधेशको चुनावी अभियानमा जोडिनुभएको छ ।

राजीनामा बुझाइए पनि आज बिदा भएकाले दर्ता हुन पाएको छैन । बल्लुले रास्वपाबाट चुनाव लड्न राजीनामा दिएको चर्चा चलेपनि आफैले यसबारे केही बताउनुभएको छैन ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार