जुवा खालबाट वडा अध्यक्ष पक्राउ, नाम फेरेर सार्वजनिक गरियो

दाङ । जुवाको खालबाट वडा अध्यक्ष सहित ७ जना व्यक्ति पक्राउ परेका छन् । शितगंगा नगरपालिका ८ अर्घाखाँचीका वडा अध्यक्ष सहित ७ जनालाई पक्राउ गरेर दाङ प्रहरीले सार्वजनिक गरेको हो ।
राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित राप्ती फेम्ली रेष्टुरेण्टमा प्रहरीले छापा मारेर पक्राउ गरिएकामा सितगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुकबहादुर आले पनि थिए । जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका उनको नाम प्रहरीले सार्वजनिक गरेको विवरणमा राप्ती गाउँपालिका १ निवासी रुपेश आले लेखिएको छ ।
तपाईको प्रतिक्रिया