देउवा स्वदेश फर्किँदै, एयरपोर्टमा बाजागाजा र झाँकीसहित स्वागतको तयारी

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै साढे पाँच महिनापछि उपचार सकेर नेपाल फर्किँदै छन्।
जेनजी आन्दोलनका क्रममा घाइते भएपछि गत फागुन १३ गते देउवा सिंगापुर गएका थिए। त्यसपछि उनी थप उपचारका लागि पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासहित हङकङ पुगेका थिए।
देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी भएको थियो।
भुटानी शरणार्थी प्रकरणलाई लिएर पनि आरजुको नाम राजनीतिक बहसमा जोडिँदै आएको छ।
पक्राउ पुर्जीविरुद्धको रिटमा सर्वोच्चले तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको अवस्थामा देउवा नेपाल फर्किन लागेका हुन्।
उता, देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा भोलिदेखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्दैछ।
देउवाको स्वदेश फिर्तीसँगै कांग्रेसको नेतृत्व विवाद र आगामी शक्ति समीकरणमा समेत चासो बढेको छ।
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…





