गरिमा चौधरी घटनामा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति
नेपालट्युब

बाराको जितपुर सिमराकी तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधबारे सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ।
सहमतिको आधारमा विद्यमान कानुनमा कसुर र सजायको व्यवस्था पुनरावलोकन गर्न सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरी सात दिनभित्र प्रतिवेदन बुझाइने भएको छ।
यस्तै, गरिमाको सालिक निर्माणका लागि सरकारले पहल गर्ने तथा परिवारलाई आफ्नो रीतिरिवाजअनुसार अन्त्येष्टि गर्न दिने सहमति भएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…






