NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

बाढीपीडितलाई सहयोग गर्न प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब कोषमा जम्मा गरिने

Nepaltube Australia

रसुवाको भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावितहरूलाई सहयोग गर्न प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्रीसहित सबै मन्त्रीको एक महिनाको तलब तथा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

बैठकले बाढीबाट क्षति पुगेका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार